FAQs Complain Problems

गाउँपालिका अध्यक्ष ज्यु बाट निति तथा कार्यक्रम (२०८३/०८४) प्रस्तुत गर्नुहुदै ।

Read More

भगवतीमाई गाउँपालिकाको प्रशासनिक भवन ।

Read More

भगवतीमाई गाउँपालिका बेस्तडा, दैलेखको दृश्य ।

Read More

गाउँपालिका उपाध्यक्ष श्री मिनाकुमारी खड्का ज्यू बाट वार्षिक बजेट तथा कार्यक्रम (२०८३/०८४) प्रस्तुत गर्नुहुदै ।

Read More

संक्षिप्त परिचय

नेपालको कर्णाली प्रदेश अन्तर्गत ऐतिहासिक तथा धार्मिक पर्यटकीय जिल्ला दैलेखको पूर्वी भेगमा अवस्थित भगवतीमाई गाउँपालिका प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र प्रचुर सम्भावना बोकेको एक सुन्दर स्थानीय तह हो । दैलेख जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । त्यस मध्येको एक गाउँपालिकाको नाम हो भगवतिमाई गाउँपालिका ।पूर्व र उत्तरमा जाजरकोट जिल्ला, पश्चिममा नारायण नगरपालिका र नौमुले गाउँपालिका पर्दछ भने दक्षिणमा डुङ्गेश्वर गाउँपालिका पर्दछ ।यस गाउँपालिकामा ७वटा वडाहरु(क्रमश पगनाथ,रुम,मेहेलतोलि,जथनाथ,कट्टिर वडाभैरव रहेका छन् ।मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ ।बि.सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको घरधुरी संख्या ३५५० छ, भने जनसंख्या १८२०६ रहेको छ ।पुरुषको जनसंख्या ९०१७(४९.५३%) छ भने महिलाको जनसंख्या ९१८९ (५०.४७%) रहेको छ ।सबै भन्दा धेरै क्षेत्रीको बसोबास (४२%) रहेको यस गाउँपालिकाम दोश्रो जनसंख्या विश्वकर्मा (२७%) रहेको छ भने तेश्रो ठकुरी (१६%) र चौथोमा ब्राह्मण जाति पर्दछ,यसका अतिरिक्त परियार (४%) र मगर (१%) रहेको छ ।चर्मकार तथा बादीहरुको जनसंख्या ज्यादै कम रहेको छ । परिवारको संख्या प्रति घर सालाखाला ५.१२ जना पर्दछ ।अधिकांश जनताहरु (करिब ९०%) कृषि पेशमा आश्रित छन् ।केही बासिन्दाहरु बैदेशिक रोजगार, जागिर, व्यापार, ज्याला मजदुरीमा संलग्न रहदै आएका छन् ।
कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाई रहेका छन् भने केही कृषकहरुले बिशेषत बजार तथा सडक संजालका नजिका कृषकहरुले भने आधुनिक ढंगले खेतीपाती गर्दै आएका छन् ।यस भेगमा खाद्यन्न, फलफुल (सुन्तला), तरकारी, मसला बाली, बाख्रापालन, आलुखेती, भट्टमास प्रचुर मात्रामा गर्दै आईरहेका छन् भने, केरा, ओखर, मौरीपालन, टिमुर खेती, भैसीपालन आदि पनि केहीरुपमा गर्दै आएका छन् । 

पदाधिकारी

Image:
प्रमुख प्रशासकीय अधिकृत
फोन:
9858020899
ईमेल:
rmp.bhagawatimai@gmail.com
Image:
सूचना प्रविधि अधिकृत (सातौं)
फोन:
9804542338
ईमेल:
ito.bhagawatimaimun@gmail.com

जानकारी

//