FAQs Complain Problems

भगवतीमाई गाउँपालिका गाउँसभामा उपाध्यक्ष ज्यु बाट बजेट भाषण प्रस्तुत ।

Read More

भगवतीमाई गाउँपालिकाको प्रशासनिक भवन ।

Read More

भगवतीमाई गाउँपालिका बेस्तडा, दैलेख ।

Read More

भगवतीमाई गाउँपालिकाको वेबसाईटमा यँहालाई स्वागत छ ।

दैलेख जिल्लामा ४ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । त्यस मध्येको एक गाउँपालिकाको नाम हो भगवतिमाई गाउँपालिका ।पूर्व र उत्तरमा जाजरकोट जिल्ला, पश्चिममा नारायण नगरपालिका र नौमुले गाउँपालिका पर्दछ भने दक्षिणमा डुङ्गेश्वर गाउँपालिका पर्दछ ।यस गाउँपालिकामा ७वटा वडाहरु(क्रमश पगनाथ,रुम,मेहेलतोलि,जथनाथ,कट्टिर वडाभैरव रहेका छन् ।मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ ।बि.सं. २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको घरधुरी संख्या ३३५९ छ, भने जनसंख्या १८७७८ रहेको छ ।पुरुषको जनसंख्या ८९९६ छ भने महिलाको जनसंख्या ९७८२ (५२%) रहेको छ ।सबै भन्दा धेरै क्षेत्रीको बसोबास (४२%) रहेको यस गाउँपालिकाम दोश्रो जनसंख्या विश्वकर्मा (२७%) रहेको छ भने तेश्रो ठकुरी (१६%) र चौथोमा ब्राह्मण जाति पर्दछ,यसका अतिरिक्त परियार (४%) र मगर (१%) रहेको छ ।चर्मकार तथा बादीहरुको जनसंख्या ज्यादै कम रहेको छ । परिवारको संख्या प्रति घर सालाखाला ५.६ जना पर्दछ ।अधिकांश जनताहरु (करिब ९०%, जि.कृ.वि.का. दैलेख २०७२÷७३) कृषि पेशमा आश्रित छन् ।केही बासिन्दाहरु बैदेशिक रोजगार, जागिर, व्यापार, ज्याला मजदुरीमा संलग्न रहदै आएका छन् ।
कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाई रहेका छन् भने केही कृषकहरुले बिशेषत बजार तथा सडक संजालका नजिका कृषकहरुले भने आधुनिक ढंगले खेतीपाती गर्दै आएका छन् ।यस भेगमा खाद्यन्न, फलफुल (सुन्तला), तरकारी, मसला बाली, बाख्रापालन, आलुखेती, भट्टमास प्रचुर मात्रामा गर्दै आईरहेका छन् भने, केरा, ओखर, मौरीपालन, टिमुर खेती, भैसीपालन आदि पनि केहीरुपमा गर्दै आएका छन् । 

पदाधिकारी

Image:
प्रमुख प्रशासकीय अधिकृत
9858020899
Email:

जानकारी